लोकतन्त्रको वर्ष १८ : नेताज्यू, आँखा जुधाएर बोल्न सक्नुहुन्छ ?

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
लोकतन्त्रको वर्ष १८ : नेताज्यू, आँखा जुधाएर बोल्न सक्नुहुन्छ ?

मुलुकमा लोकतन्त्र बहाली भएको १८ वर्ष पुगेको छ । देशमा मात्रै होइन, विदेशमा रहेका नेपालीहरुले समेत लोकतन्त्र दिवस मनाएका छन् ।

तत्कालीन सात दल र नेकपा माओवादीको आह्वानमा जनता सडकमा उत्रेपछि लोकतन्त्र बहाली सम्भव भएको थियो । तर, लोकतन्त्र स्थापनाका लागि त्यतिबेला जनताले बगाएको रगत र पसिनाको उचित मूल्यांकन भएको छ त ? आज देशको लोकतन्त्र कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका चार मुखियाको भागबन्डामा चलिरहेको छ ।

गणतन्त्र आइसक्दा पनि, जनताकै प्रतिनिधिले संविधान बनाएर लागु भइसक्दा पनि र जनताकै लागि भनिएका दलहरू पटक-पटक सत्तामा पुग्दा पनि अर्थात् व्यवस्था बदलिँदा पनि किन जनताको अवस्था उस्तै छ ? दोष कसको, प्रणाली वा असक्षम राज्य सञ्चालकहरुको ? भनिएको थियो, लोकतन्त्र आएपछि सब ठीक हुन्छ । संविधान आएपछि सब ठीक हुन्छ । हाम्रो पार्टी र हाम्रा नेताको नेतृत्वमा सरकार बनेपछि चामत्कारिक परिवर्तन हुन्छ ।

नेताहरुले देश सिंगापुरजस्तै समृद्ध र विकसित हुन्छ भन्नसमेत भ्याए । तर राज्य सञ्चालकहरुप्रतिको वितृष्णाले युवा पलायन भइरहेका छन्, महँगी, भ्रष्टाचार रोकिएको छैन । सुशासन नारामै सीमित छ ।

आज नागरिकमा असन्तुष्टि बढ्नुको दोष प्रणाली कि, दलहरुको ? लोकतन्त्र कसका कारण बन्धक बनेको छ ? लोकतन्त्रको निर्विकल्प विकल्प लोकतन्त्र नै हो । तर हाम्रो लोकतन्त्रको स्वास्थ्य कस्तो छ ? सरोकारको आजको अंकमा हामी यिनै विषयमा बहस गर्दै छौं । प्रस्तुत छ- कवित्रय अर्जुन पराजुली, लक्ष्मी मालीश्रवण मुकारुङसँगको आजको सरोकार ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement