एम्नेस्टी इन्टरनेशनलले सन् २०२३ मा विश्वमा मानवअधिकार अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गरेको छ । १५५ देशमध्येको सूचीमा एम्नेस्टीले नेपाललाई पनि अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइएको आरोप लगाएको छ ।
नेपालमा पनि मानव अधिकारको अवस्था सन्तोषजनक नभएको भन्दै टिकटकमा प्रतिबन्धदेखि माइतीघर लगयातका क्षेत्रमा निषेधज्ञा लगाएर नागरिकको बोल्न पाउँने, अधिकार माग्ने कुरा कुण्ठित गर्न खोजिएको प्रतिवेदनमा उल्लेख छ ।
साथै नेपालमा नागरिक माथि हुने दमन, हिंसा, दुव्यवहार र अधिकार माग्नेमाथि अत्यधिक बल प्रयोगका घटनाहरु भएको बताइएको छ । न्याय माग्नेक्रममा मिटर ब्याजी पीडित माथि दमन, प्रहरी हिरासतमा भएका मृत्यु जस्ता मानव अधिकार उल्लंघनका घटनाहरु प्रतिवेदनमा राखिएको छ । सशस्त्र द्वन्द्वकाक्रममा भएका गम्भिर मानवअधिकार उल्लंघनका घटनाका पीडितहरुलाई न्याय दिन पनि सरकार विफल भएको एम्नेस्टीको ठम्याइ छ ।
एम्नेस्टी इन्टरनेशनलको मुख्य सार के हो ? संसारभर मानवअधिकार उल्लघनका कस्ता घटना भए ? मानवअधिकारको उल्लंघनबाट बढी प्रभावित को भए ? सरकारले नागरिकको सुरक्षाका लागि गर्नुपर्ने जिम्मेवारी पूरा गरेको छ त ? प्रस्तुत छ- यिनै सन्दर्भमा केन्द्रित भएर एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थापलियासँग गरिएको कुराकानी ।
विस्तृत भिडियोमा :