डडेल्धुरामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

वैशाख २३, २०८१ |वरुण पनेरू
डडेल्धुरामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

डडेल्धुरा । डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको बेलापुरबाट ढुङ्गाड गइरहेको बागमती प्रदेश ०१ ००१ क ५६५१ नम्बरको टिप्पर सिरोडमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीकाअनुसार धादिङ घर भएका टिप्पर चालक ४० वर्षीय धिरज थापामगर र धादिङकै २७ वर्षीय विष्णु बिकको मृत्यु भएको हो ।

दुर्घटनामा नवदुर्गा गाउँपालिका-४ बस्ने २८ वर्षीय हिक्मत बिक र धादिङका ३१ वर्षीय सुदीप बिक घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको र डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।