बझाङमा ५० प्रतिशत मत खस्यो, मतगणना भोलि

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बझाङमा ५० प्रतिशत मत खस्यो, मतगणना भोलि

बझाङ । बझाङमा प्रदेशसभा- १ मा ५० प्रतिशत मत खसेको छ । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सैपाल गाउँपालिकाका तीनवटा केन्द्र बाहेक अरू सबै मतदान केन्द्रको मतपेटिका आजै रातिसम्ममा सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसक्ने तयारी छ । सैपालका तीनवटा केन्द्रको मतपेटिका भने भोलि बिहान हेलिकोप्टरबाट ढुवानी गर्ने निर्वाचन कार्यालयले जनाएको छ । 

सबै मत पेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी छ । ६१ हजार सात सय मतदाता रहेको बझाङ प्रदेश सभा १ मा तत्कालीन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । 

त्यहाँ ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.