अमेरिकाले हतियार रोके पनि फरक पर्दैन : इजरायली प्रधानमन्त्री

रफाहमा आक्रमण जारी
४ दिनमै ८० हजार प्लास्टिनीले छाडे रफाह
वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाले हतियार रोके पनि फरक पर्दैन : इजरायली प्रधानमन्त्री

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाले हातहतियारको आपूर्ति रोकेपनि इजरायल एक्लै हमास विरुद्ध लडन सक्ने दृढता व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सीएनएनलाई दिएको अन्तर्वार्तामा इजरायलले दक्षिणी गाजाको रफाहमा आक्रमण गरे अमेरिकाले इजरायललाई उपलब्ध गराउँदै आएको हातहतियारको आपूर्ति रोकिदिने चेतावनी दिएका थिए । सोही चेतावनीको प्रतिउत्तरमा नेतन्याहुले एक्लै लडन सक्ने दृढता व्यक्त गरेका हुन् । 

सीएनएनलाई दिएको अन्तर्वार्तामा बाइडनले अमेरीकाले आपूर्ति गरेको बमका कारण गाजामा प्यालेष्टिनी सर्वसाधारण मारिइरहेको तथ्य समेत स्वीकार गरेका थिए । अमेरिकाले यसअघि नै इजरायललाई दिन तयार गरिएको केही बमहरूको आपूर्तिमा रोक लगाइसकेको छ ।

उता इजरायलले रफाहमा हवाई आक्रमण गर्ने क्रमलाई निरन्तरता दिएको छ । इजरायली सेनाको चेतावनीपछि सोमवार यता पूर्वी रफाहका ८० हजारभन्दा बढी प्यालेष्टिनीले सो क्षेत्र छाडेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.