इलाम- २ मतगणना : ६ हजार २२४ मत मात्र गन्न बाँकी, सुहाङ जितको नजिक

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम- २ मतगणना : ६ हजार २२४ मत मात्र गन्न बाँकी, सुहाङ जितको नजिक

इलाम । इलाम- २ मा ६३ हजार ६३ मत गनेर सकिएको छ । यतिबेलासम्मको नतिजाअनुसार एमालेका सुहाङ नेम्वाङ पहिलो स्थानमा हुनुहुन्छ । उहाँले २५ हजार २६२ मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसका डम्बर खड्काले १९ हजार ५६० मत पाउनु भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा इलाम-२ मा ६९ हजार २ सय ८७ मत खसेको थियो । ६ हजार २२४ मत मात्र गन्न बाँकी रहँदा एमालेका नेम्वाङ जितउन्मुख हुनुहुन्छ ।

यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले १० हजार ७७९ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले ४ हजार ५८६ मत पाउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.