युरोपा लिगको उपाधिका लागि लिभरकुसेन र एटालान्टाबीच प्रतिस्पर्धा हुने

वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरोपा लिगको उपाधिका लागि लिभरकुसेन र एटालान्टाबीच प्रतिस्पर्धा हुने

काठमाडौं । युरोपा लिगको उपाधिका लागि बायर लिभरकुसेन र एटालान्टाबीच प्रतिस्पर्धा हुने भएको छ ।  सेमिफाइनलमा लिभरकुसेनले रोमालाई समग्रमा चार-दुई  र एटालान्टाले मार्शेलाई चार-एक गोलले पराजित गरेका हुन् ।

लिभरकुसेनले गएराति भएको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै रोमासँग दुई-दुई गोलको बराबरी खेल्यो । बुन्डेसलिगा च्याम्पियन जाभी अलन्सोको टोली दुई-शून्य गोलले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो । इटालीमा दुई-शून्य गोलले पराजित भएको रोमाले जर्मनीमा भने सुधारिएको खेल प्रदर्शन गरेको थियो । 

४३ औँ मिनेटमा लियोनार्दो पेरेडेसको पेनाल्टी गोलमार्फत रोमाले अग्रता लिएको थियो । ६६ औँ मिनेटमा उनैले पुनः पेनाल्टीमा नै गोल गरेपछि खेल दुई-दुईको बराबरीमा पुग्यो तर ८२ औँ मिनेटमा रोमाका जान्लुका मान्सिनीले आफ्नै पोस्टमा गोल गरेपछि खेल लिभरकुसेनको पक्षमा फर्कियो । 

इन्जुरी समयको अन्त्यमा जोसिप स्टानिसिचले गोल गरेपछि लिभरकुसेन रोमालाई स्तब्ध पार्दै  २७ वर्षपछि पहिलो पटक युरोपा लिगको फाइनल प्रवेश गरेको हो । गत सिजन यही स्टेजमा रोमासँग पराजित भएको लिभरकुसेन, ४९ खेलदेखि अपराजित छ । जर्मनीकै एटालान्टाले सेमिफाइनल दोस्रो लेगमा फ्रान्सको मार्शेमाथि तीन-शून्य गोलको जित हात पारेको हो । 

एटालान्टाको जितमा ३० औँ मिनेटमा एडेमोला लुकमन, ५२ औँ मिनेटमा  माटेयो रुजेरी  र इन्जुरी समयमा सब्सिच्युट एल बिलाल टुरेले गोल गरेका थिए । एटालान्टाको यो पहिलो युरो फाइनल हो । 

यी दुई बीचको पहिलो लेग एक-एक गोलको बराबरीमा सकिएको थियो । फाइनल खेल २२ मे मा डब्लिनमा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.