वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ता, २७ गते नामावली प्रकाशन

फाल्गुन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ता, २७ गते नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र प्रदेशसभातर्फ बझाङ-१ को एक मा वैशाख १५ गते उपनिर्वाचन गराउँदै छ ।

आयोगले उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि फागुन २४ गतेदेखि ३० गतेसम्मको समय दिएको छ । चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी चैत २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिने छ । निर्वाचन कार्यक्रमअनुसार चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र चतै २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न वितरण गरिने छ ।

२०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारप्रसारको अवधि दिएको आयोगले १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement