आजका मुख्य समाचार
– इलाम र बझाङमा शान्तिपूर्ण रूपमा मतदान / इलाममा ५८ र बझाङमा ५० प्रतिशत मात्र मत खस्यो / इलाममा आजै मतगणनाको तयारी, बझाङमा भोलि ।
– तेस्रो लगानी सम्मेलनको तयारी पूरा / ५५ देशका २ हजारभन्दा बढी लगानीकर्ता सहभागी हुने / पहिलो दिन भोलि लगानीको सम्भाव्यताबारे बहस ।
– ग्राहक बढाउने होडमा सेवा प्रदायकद्वारा जथाभाबी मोबाइल सिमकार्ड वितरण / कल बाइपासदेखि सट्टेबाजीसम्म अवैध सिमकै प्रयोग / दूरसञ्चार प्राधिकरणले नियमन नै गरेन ।
– गाजाको नुसरत शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण / बालबालिकासहित १५ जनाको मृत्यु / गाजाका भग्नावशेष हटाउन १४ वर्ष लाग्ने अनुमान ।
– वेस्ट इन्डिज 'ए' विरुद्धको पाँच खेलको टी-ट्वेन्टी सिरिजमा नेपालको विजयी सुरुवात / क्यारेबियन टोलीमाथि ४ विकेटको जित / कप्तान रोहितको शानदार शतक ।