काठमाडौँ । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको र कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
देशका पहाडी भू-भागका एक-दुई स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।