१२ घण्टाभित्र इलामको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख निर्वाचन आयुक्त

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
१२ घण्टाभित्र इलामको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतगणना सुरु भएको १२ घण्टाभित्र इलाम-२ को अन्तिम मतपरिणाम सार्वजनिक गर्ने बताउनुभएको छ ।

उहाँले राति ११ बजेसम्म सबै मतपेटिका सदरमुकाम ल्याइसक्ने र १२ बजेदेखि गणना थाल्ने जानकारी दिनुभयो । उहाँका अनुसार भोलि दिउँसो १ बजेभित्र अन्तिम मतपरिणाम सार्वनजिक हुने छ ।

बझाङ प्रदेश १ अन्तर्गतको मत गणना भने भोलि दिउँसो सुरु गरिने थपलियाको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.