कान्तिपुर पब्लिकेसन्सको सहकार्यमा अपट्रेन्डलीले ‘क्रियटर्स अनर्स २०२४’

पुस २७, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर पब्लिकेसन्सको सहकार्यमा अपट्रेन्डलीले ‘क्रियटर्स अनर्स २०२४’

काठमाडौं । मार्केटिङ प्लेटर्फम ‘अपट्रेन्डली’ ले आगामी माघ १७ गते ‘क्रियटर्स अनर्स २०२४’ गर्ने भएको छ ।

कान्तिपुर पब्लिकेसन्सको सहकार्यमा काठमाडौंको दरबारमार्गमा कार्यक्रम हुन लागेको हो । क्रियटर्स अनर्स कार्यक्रममा सामाजिक सञ्जालमार्फत कन्टेन्ट क्रियट गर्दै आएकाहरु सहभागी हुन सक्ने जनाइएको छ ।

क्रियटर्स अनर्स २०२४ मा सहभागी हुन खाना तथा परिकार प्रवर्द्धनका सामग्री पठाउनुपर्नेछ । त्यसका लागि अपट्रेन्ड्ली एप डाउनलोड गरी त्यसमा आफ्नो प्रोफाइल बनाउनुपर्नेछ । अवार्डका लागि अपट्रेन्ड्लीले राइजिङ स्टार, ब्रेक थ्रु फुड कन्टेन्ट अफ दी इयर, मोस्ट क्रियटिभ सोकेस अफ लोकल क्युसिन, बेस्ट ब्रान्ड कोलाबरेसनलगायत सातवटा विधा राखेको छ ।

जसमा प्रत्येक विधामा पाँचजना क्रियटर नोमिनेसनमा पर्नेछन् भने जुरीले छानेका एक जनालाई प्रत्येक विधामा अवार्ड प्रदान गरिने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.