कपिलवस्तुकी हीराकला बनिन् ‘कान्तिपुर सब्स्क्राइब एन्ड ड्राइभ’ को विजेता

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
कपिलवस्तुकी हीराकला बनिन् ‘कान्तिपुर सब्स्क्राइब एन्ड ड्राइभ’ को विजेता

काठमाडौं । कान्तिपुर पब्लिकेशन्स्‌ले वार्षिक ग्राहक बनेबापत कपिलवस्तुकी हीराकला शर्माले कार प्राप्त गरेकी छन् ।

पब्लिकेशन्स्‌को १७ औं ‘कान्तिपुर सब्स्क्राइब एन्ड ड्राइभ’ वार्षिक ग्राहक योजनाका विजेता न्यु जितपुर हार्डवेयरकी सञ्चालक हीराकला शर्मालाई आज (शुक्रबार) बम्पर उपहार कार हस्तान्तरण गरिएको हो ।

पब्लिकेशन्स्‌को केन्द्रीय कार्यालय थापाथलीमा शुक्रबार आयोजित कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका चिफ अफ स्टाफ शिशिर पछाई र कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले विजेता शर्मालाई संयुक्त रुपमा गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

विजेता शर्मा कपिलवस्तुको कपिलवस्तु नगरपालिका ४, जितपुरकी हुन् । गाडीको साँचो पाएपछि खुसी हुँदै शर्माले पसल र घरमा दुईवटा पत्रिकाको ग्राहक बन्दा उपहार जित्न सफल भएको बताइन् ।

कान्तिपुर पब्लिकेशन्स्‌ले हरेक वर्ष देशभर वार्षिक ग्राहक योजना सञ्चालन गर्दै आएको छ ।

तस्बिर : श्याम श्रेष्ठ/कान्तिपुर टेलिभिजन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement