पेरिस ओलम्पिक : एथ्लेटिक्स ट्रयाकको रङ ‘बैजनी’

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस ओलम्पिक : एथ्लेटिक्स ट्रयाकको रङ ‘बैजनी’

काठमाडौं । तीन महिनापछि हुन लागेको पेरिस ओलम्पिकका लागि बैजनी रङको एथ्लेटिक्स ट्रयाक राखिने भएको छ । परम्परागत रातो र गुलाबी रंगशालाभन्दा फरक बैजनी रंगको ट्रयाक राख्न लागिएको हो ।

पेरिसको स्टेड डी फ्रान्स रंगशालामा एथ्लेटिक्सको ट्रयाक राख्ने काम अहिले भइरहेको छ । पेरिसको ग्राफिक चार्टसँग मिलाउन बैजनी रंगको बनाइएको हो । यो ट्रयाक नयाँ रेकर्ड बनाउन सहयोगी हुने आयोजकको दाबी छ ।

यो ट्रयाक सन् २०२१ को टोकियो ओलम्पिकमा प्रयोग गरिएको ट्रयाकजस्तै रहे पनि थोरै परिवर्तन गरिएको छ । यसलाई इटालीको मोन्डो कम्पनीले बनाएको हो ।

टोकियो ओलम्पिकमा तीन विधामा विश्व कीर्तिमान बनेका थिए । डेकाथलनका पूर्व युरोपेली च्याम्पियन ब्लोन्डेलले सामान्य रुपमा प्रयोग गरिने रङभन्दा फरक प्रयोग गर्दा उत्साही भएको प्रतिक्रिया दिएका छन् । जुन १ तारिखसम्ममा यो ट्रयाक पूरा गर्ने लक्ष्य रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement