वेस्ट इन्डिज 'ए'ले नेपाललाई दियो १६१ रनको लक्ष्य

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
 वेस्ट इन्डिज 'ए'ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं । नेपाल र वेस्ट इन्डिज 'ए'बीचको जारी दोस्रो टी-ट्वेन्टी खेलमा वेस्ट इन्डिजले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो ।

 वेस्ट इन्डिजका लागि आन्द्रे फ्लिचरले ४३, गुडाकेस मोतीले ३३, रोस्टन चेजले २३ र जोन्सन चाल्सले ११ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले समान २-२ विकेट लिए । यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिएका छन् । हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.