बार्सिलोना ओपनबाट बाहिरिए कार्लोस अल्काराज

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बार्सिलोना ओपनबाट बाहिरिए कार्लोस अल्काराज

काठमाडौं । साबिक विजेता कार्लोस अल्काराज बार्सिलोना ओपनबाट बाहिरिएका छन् ।

उनी चोटका कारण प्रतियोगिताबाट बाहिरिएका हुन् । उनको दाहिने हातमा चोट लागेको बताइएको छ । साथै २० वर्षीय अल्काराजले अर्को साताबाट सुरु हुने मड्रिड ओपनसमेत गुमाउने सम्भावना छ ।

दुई पटकका ग्रान्डस्लाम च्याम्पियन अल्काराजले २०२२ र २०२३ मा बार्सिलोना ओपन जितेका थिए । चोटकै कारण स्पेनिस विश्व नम्बर तीन अल्काराजले गत हप्ता सम्पन्न मोन्टे कार्लो मास्टर्स समेत गुमाउका थिए । गत महिना सम्पन्न इन्डियन वेल्स ओपन जित्दै वर्षको पहिलो र एक मात्र उपाधि जितेका अल्काराजले आफ्नो सबै ध्यान ठीकसँग रिकभर केन्द्रित गरेको बताएका छन् ।

रफायल नडाल भने चोट मुक्त हुदै यसै प्रतियोगिता मार्फत कोर्टमा फिर्किने भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement