अलेक्जेन्डर ज्वेरेभ मायामी ओपन टेनिसको सेमिफाइनलमा

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
अलेक्जेन्डर ज्वेरेभ मायामी ओपन टेनिसको सेमिफाइनलमा

काठमाडौं । जर्मनीका अलेक्जेन्डर ज्वेरेभ मायामी ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् । चौथो वरियताका ज्वेरेभले हंगेरीका फाबियन मारासनलाई सोझो सेटमा पराजित गरेका हुन् । ज्वेरेभले पहिलो सेट ६-३ ले जितेका थिए । दोस्रो सेट केही प्रतिस्पर्धात्मक बन्यो ।

तर उनले सो सेट ७-५ ले आफ्नो पक्षमा पार्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरे । २६ वर्षीय ज्वेरेभ सिजनको तेस्रो सेमीफाइनल प्रवेश गरेका हुन् । इन्टर मायामीमा भने उनले पछिल्लो पटक सन २०१८ मा सेमीफाइनल खेलेका थिए ।

५७ औं वरियताका मारासनलाइ हराउन उनले एक घन्टा ३७ मिनेट समय लगाए । हाल विश्व वरियताको पाँचौ स्थानमा रहेका ज्वेरेभले सन २०२४ मा खेलेका २३ खेलमध्ये यो १८औं जित हो । हारसँगै शीर्ष दश बरियताका खेलाडीविरुद्ध जितको ह्याट्रिक गर्ने फाबियनको लक्ष्य भने पुरा हुन सकेन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement