नाउपाका लक्ष्मणकिशोरलाई दिएको समर्थन एकीकृत समाजवादीद्वारा फिर्ता

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
नाउपाका लक्ष्मणकिशोरलाई दिएको समर्थन एकीकृत समाजवादीद्वारा फिर्ता

कैलाली । एकीकृत समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष मंगलबार दिउँसो समर्थन फिर्ताको पत्र पेस गरेका हुन् ।

सत्ता गठबन्धनका नेताहरु सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपछि यसअघि एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले पेस गरेको दाबीमा गरेको समर्थन फिर्ता लिएका हुन् । आइतबार मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका दुई जना सांसदको दाबी पेस भएपछि प्रदेश प्रमुखले कानुनी परामर्श गर्ने भन्दै निर्णय दिएका थिएनन् ।

एकीकृत समाजवादीले सुदूरपश्चिममा चालेको कदमले केन्द्रीय सत्ता गठबन्धनमै हलचल आएको थियो । त्यसपछि सत्तारुढ दलका शीर्ष नेताहरुबीच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपछि एकीकृत समाजवादीले चौधरीका लागि गरेको समर्थनबाट पछि हटेको हो ।

यसअघि आइतबार केन्द्रीय सत्ता गठबन्धनका नेताहरुले आफ्नो पार्टीलाई मुख्यमन्त्री नदिने भएपछि सुदूरपश्चिमको एकीकृत समाजवादीले विद्रोह गर्दै कांग्रेस, राप्रपासहित नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा अगाडि सारेका थिए ।

एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री नियुक्ति प्रक्रिया अर्को कोर्समा प्रवेश गरेको छ । प्रदेश प्रमुख मियाँले अब के निर्णय गर्छन् भन्ने सबैको प्रतिक्षाको विषय बनेको छ ।

एकीकृत समाजवादी यसअघिको निर्णयबाट फर्केपछि अब एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी गर्ने भएका हुन् ।

यो पनि...

ओली र दाहालले गरेको अपमानको बदला सुदूरपश्चिममा लिन्छौं : दीर्घ सोडारी

एकीकृत समाजवादीले गठबन्धनलाई कमजोर बनाउन खोज्यो : केपी ओली

सुदूरपश्चिम सरकार गठन, सत्ता गठबन्धनबीच खटपट

नाउपाकी सांसद इन्दिरा गिरीलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

मुख्यमन्त्रीमा नाउपाबाट दुई जनाको दाबी, पेचिलो बन्यो सरकार गठन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement