गगन थापाको प्रश्न- नयाँ पार्टीको ठूलो नेताले ८० करोड लिए पनि कानुन नलाग्ने ?

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
गगन थापाको प्रश्न- नयाँ पार्टीको ठूलो नेताले ८० करोड लिए पनि कानुन नलाग्ने ?

कपिलवस्तु । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वसाधारणले सहकारीबाट ८० हजार लिए कानुन लाग्ने तर, नयाँ पार्टीका ठूला नेताले ८० करोड ठगे कानुन लान्दैन भन्न नमिल्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेसको मेची-महाकाली संवादयात्राअन्तर्गत आज (शुक्रबार) कपिलवस्तु पुगेका महामन्त्री थापाले गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै स्वतन्त्र रुपमा सहकारी काण्डको छानबिन गर्नुपर्नेमा आफ्नो पार्टीको जोड रहेको बताए । उनले यस प्रकरणमा कांग्रेस चुप बस्नु राम्रो नभएको समेत उल्लेख गरे ।

उनले अहिलेको परिदृष्यले निर्वाचनअघिको गठबन्धन गलत भएको पुष्टि भएको दाबी गर्दै अब पार्टी बलियो बनाउन आवश्यक रहेकामा जोड दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement