सांसद दिलेन्द्र बडूको प्रश्न–सहकारी ठगीमा नाम आएका रवि लामिछाने को हुन् ? (लाइभ)

चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
सांसद दिलेन्द्र बडूको प्रश्न–सहकारी ठगीमा नाम आएका रवि लामिछाने को हुन् ? (लाइभ)

काठमाडौं । प्रतिनिधिसभा सांसद दिलेन्द्र प्रसाद बडूले पोखरा लगायतका कतिपय सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ? भन्दै प्रश्न उठाएका छन् । सांसद बडूले बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई यस्तो प्रश्न सोधेका हुन् ।

‘पोखरा बुटवल लगायतका केही सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजन सञ्चालनमा १० करोड रूपैयाँ आएको भन्ने सुनिएको छ,’ उनले भने, 'त्यो पैसा त्यहाँ आउनु हुन्थ्यो कि हुँदैन थियो ? छानबिनको कुरा होला ? त्यसमा १ करोड रूपैयाँ को व्यक्ति हो थाहा छैन । रवि लामिछाने नामले पनि जम्मा भएको भन्ने खबर आयो । त्यो मान्छे को हो ? नाम मात्रै संयोगले मिलेको हो कि ? हाम्रो त अहिलेको वर्तमान गृहमन्त्रीको नाम पनि रवि लामिछाने हो । त्यसरी चिन्छौँ ।'

त्याे नाम गृहमन्त्री नै भएको भए यसको छानबिन निष्पक्ष गर्नका लागि जिम्मेवारीबाट बाहिर बस्नका लागि पनि सांसद बडूले अनुरोध गरे । ‘यदि गृहमन्त्री रवि लमिछाने नै भएको भए छानबिन सुरु गरिहाल्न र छानबिन भइन्जेल जिम्मेवारीबाट बाहिर बस्न मिल्छ कि मिल्दैन ?,’ उनले प्रश्न गरे । 

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आज गृह मन्त्रालयले गरेका पछिल्ला कामकारबाहीका बारेमा जानकारी लिन बैठकमा बोलाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement