इलाम-२ मतगणना अपडेट : ६ हजारभन्दा बढी मतले एमालेका सुहाङको अग्रता

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम-२ मतगणना अपडेट : ६ हजारभन्दा बढी मतले एमालेका सुहाङको अग्रता

इलाम । इलाम-२ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । हालसम्मको मतगणनामा नेम्वाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ६ हजार ४ सय ३९ मतले अगाडि हुनुहुन्छ ।

नेम्वाङले १९ हजार १ सय १४ मत ल्याउनुभएको छ भने कांग्रेसका खड्काले १२ हजार ६ सय ७५ मत ल्याउनुभएको छ । यस्तै, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमले ९ हजार ४ सय १० मत प्राप्त गर्नु भएको छ भने, रास्वपाका मिलन लिम्बुले ३ हजार २ सय ४१ मत पाउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.