उपनिर्वाचनको सुरक्षा तयारी पूरा भयो : नेपाल प्रहरी

वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचनको सुरक्षा तयारी पूरा भयो : नेपाल प्रहरी

काठमाडौं । इलाम क्षेत्र नम्बर २ र बझाङमा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रहरीले आफ्नो सुरक्षा तयारी पूरा गरेको छ ।

इलाम क्षेत्र नम्बरमा २ मा एक हजार ३६३ र बझाङमा एक हजार २४ प्रहरी परिचालन हुनेछन् । प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीमप्रसाद ढकालले इलाममा धार्मिक हिंसा हुन सक्ने सुरक्षा विश्लेषण गर्दै सुरक्षा व्यवस्थापनका लागि योजना तयार पारेको जनाउनुभयो ।

त्यस्तै बझाङमा पनि भौगोलिक विकटता अनुसारको रणनीति बनाइएको उहाँको भनाइ छ । इलामका १९ मतदान स्थल र ३७ मतदान केन्द्रलाई अतिसंवेदनशील मानेको प्रहरीले बझाङका ९३ मध्ये ३२ मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखेको छ । निर्वाचनमा हिंसात्मक गतिविधि गर्न खोज्नेहरुमाथि बल प्रयोग गर्ने गरी योजना बनाइएको प्रहरीको भनाइ छ ।

यता, राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्न स्विकृति दिनुभएको छ । मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो ।

यो पनि...

उपनिर्वाचनको मौनअवधि सुरु, मतगणना नसकिँदासम्म प्रचार गर्न नपाइने

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement