काभ्रे । धुलिखेल नगरपालिका ११, पात्लेखेतमा भएको गाडी दुर्घटनामा ६ यात्रु घाइते भएका छन् ।
रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ज ५२५ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट २५ मिटर तल खसेको छ ।
चालकसहित सातजना चढेको गाडीका ६ यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले गाडीका चालक ४८ वर्षीय मीनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । दुर्घटनामा एउटा खसी भने मरेको छ ।