सगरमाथा आरोहणको यस सिजनका लागि बाटो खुल्यो

एक दशकपछि फेरियो सगरमाथा चढ्ने रुट
वैशाख ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सगरमाथा आरोहणको यस सिजनका लागि बाटो खुल्यो

काठमाडौं । सन् २०२४ को वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सम्पन्न भएको छ ।

चैत १ गते पूजा गरेर रोप फिक्सिङ अर्थात् डोरी टाँग्ने काम सुरु भएको थियो । रोप फिक्सिङको काम सम्पन्न गर्न यस पटक ३६ दिन लागेको पर्यटन विभागले जनाएको छ । रोप फिक्सिङ टोलीले सन् २०१४ भन्दा पहिलो प्रयोग हुने लोलापिक नजिकैबाट नयाँ बाटो बनाएको छ ।

सन् २०१४ देखि २३ सम्म प्रयोग गरेको बाटोको पहिलो शिविरमा हिउँ अस्थिर भएपछि नयाँ बाटो बनाइएको हो । बाटो बनेसँगै आजदेखि दोस्रो शिविर पनि खुला गरिएको छ ।

सगरमाथा आरोहणका लागि अहिले २ सय ७४ जनाले अनुमति लिइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement