गोदावरीको आनन्द वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
गोदावरीको आनन्द वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा डढेलो नियन्त्रणको प्रयास गर्दा एकजनाको मृत्यु भएको छ । एकजना घाइते हुनु भएको छ ।

आनन्द वनमा लागेको आगो निभाउने क्रममा गोदावरी-२ का शंकर पहरीको उपचारका क्रममा निधन भएको हो । घाइते रमेश पहरीको उपचार भइरहेको छ । आनन्द वन क्षेत्रमा भने आगो नियन्त्रणमा आएको छ । आनन्द वन अस्पताल नजिकै आइपुगेको आगो स्थानीय र सुरक्षाकर्मीको प्रयासमा केहीबेरअघि नियन्त्रणमा आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.