Kantipur Samachar | कान्तिपुर समाचार, १४ असोज २०७९

आश्विन १४, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, १४ असोज २०७९

आजको मुख्य समाचार:

* उम्मेदवार चयन विवाद चुलिएपछि कांग्रेस सभापति देउवा दबाबमा/ एमालेमा टिकट वितरणमा अध्यक्ष ओलीको एकलौटी/ माओवादी केन्द्रमा भने नेता व्यवस्थापनमै किचलो । 

* दसैँ मनाउन घर फर्कनेको लर्को/ एकैदिन काठमाडौंबाट दुई लाख यात्रु बाहिरिए/ सजिलै टिकट नपाएको र चर्को शुल्क तिर्नु परेको गुनासो/ हवाई उडानमा पनि चाप ।

*  ऋण लगानीमा विदेशीले पत्याएनन् नेपाली बैंकलाई/ चार वर्षमा ११ बैंकले बल्लबल्ल भित्र्याए ६३ अर्ब / सरकारले देशको रेटिङ नगराउँदा समस्या । 

* युक्रेनका चार क्षेत्र आफ्नो भूमिमा विलय गराएको रुसको घोषणा/ गाभेका क्षेत्रमाथि षडयन्त्र भए रुसमाथिको हमला ठान्ने राष्ट्रपति पुटिनको चेतावनी ।  

* आईसीसी टी-ट्वेन्टी विश्वकप विजेता टिमले २० करोड रुपैयाँभन्दा बढी पाउने/ पुरस्कारमा मात्रै ७० करोड खर्च ।


Enter Kantipur TV HD
Advertisement