पश्चिम नवलपरासीका मिटर ब्याज पीडित न्याय खोज्दै काठमाडौंमा

भाद्र १, २०७९

वर्षौंदेखि मिटर ब्याजको पीडा सहन वाध्य पश्चिम नवलपरासीका पीडित आफ्नो समस्याको चाङ बोकेर काठमाडौं आएका छन् । कुनै समय घर खर्च चलाउन साहुबाट लिएको सामान्य ऋण अहिले उनीहरुका लागि ठूलै बोझ बनेको छ । ऋणको ब्याज र ब्याजको पनि ब्याजको हिसाव गरेर साहुले ठूलो रकम असुल्ने गरेपछि पीडितहरु संघीय सरकारसाग गुहार माग्दै राजधानी आएका हुन् ।