कञ्चनपुरको प्रादेशिक अस्पतालको सेवा प्रभावित

श्रावण १८, २०७९
कञ्चनपुरको प्रादेशिक अस्पतालको सेवा प्रभावित

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल स्थापना भएको साढे पाँच दशक बितिसकेको छ । यस बीचमा भौतिक संरचना र उपकरणहरु थपिएका छन् । तर, अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा उपचार सेवाप्रभावित भएको छ ।

वि.स. २०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको महाकाली प्रादेशिक अस्पताल पूर्वाधार र सुविधा सम्पन्न छ । दुई बर्षअघि एक सय ५० शय्या बनाईएको प्रादेशिक अस्पतालमा बिषेशज्ञ सहित २९जना चिकित्सकको दरबन्दी छ । तर अस्पतालमा १ जनामात्रै कार्यरत छन् । दरबन्दी अनुसार चिकित्सकको पदपुर्ति गरेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु पर्नेमा अस्पताल अहिले छात्रवृत्तिका चिकित्सकका भरमा चलेको छ ।  

२९जना मध्ये हाल निमित्त मेडिकल सुपरिडेन्टेन्ड मात्रै स्थायी दरबन्दीमा छन् । त्यस बाहेक अस्पतालले आन्तरिक करारमा राखेका १३ जना तथा १३ जना सरकारी छात्रबृत्ति पाएका चिकित्सक छन् । विशेषज्ञ चिकित्सक नभएकै कारण कतिपय स्वास्थ्य उपकरण समेत त्यसै थन्किएका छन् । 

महाकाली अस्पतालको भौतिक पूर्वाधार अन्य प्रादेशीक अस्पतालको तुलनामा कम छैन । तर, दरबन्दी अनुसार बिशेषज्ञ चिकित्सक नहुँदा अस्पतालले दिने सेवा प्रभावकारी हुन सकेको छैन ।