सरकारलाई डा. केसीको तीन साताको अल्टिमेटम

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारलाई डा. केसीको तीन साताको अल्टिमेटम

काठमाडौं । डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिनुभएको छ । 

शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै डा. केसीले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न माग गर्नुभएको हो । 

यसअघि सरकारले आफूसँग सहमति गरेअनुसारका माग पूरा गर्न पनि तीन हप्ताको समय दिएको डा. केसीले बताउनु भयो । उहाँको चेतावनी थियो, 'उच्च शिक्षा सम्बन्धी ऐन तत्काल पारित र सबै सम्झौताहरु कार्यान्वयन नभए सत्याग्रह बस्छु ।'

यसैगरी, डा. केसीले नागरिक अधिकार पुनःस्थापना, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय, पीडकलाई सजाय र कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिलाई कारबाही गर्न समेत माग गर्नु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement