योजनाबद्ध रुपमा बजेट खर्च नहुँदा खेल मैदान निर्माण अलपत्र

पुस २६, २०७८
 योजनाबद्ध रुपमा बजेट खर्च नहुँदा खेल मैदान निर्माण अलपत्र

ओखलढुंगाको आठ स्थानीय तहमा दुई दर्जन बढी खेल मैदान बनाउने भनेर काम थालिएको थियो । गएको पाँच वर्षमा खेल मैदान निर्माणमा १० करोडभन्दा बढी खर्च भएको छ । तर ओखलढुंगामा अहिलेसम्म एउटा पनि जिल्लास्तर र प्रदेशस्तरको खेल खेलाउन मिल्ने मैदान तयार भएको छैन ।

दृश्यमा देखिएको प्याराफिट ओखलढुंगा सदरमुकामको खेल मैदानको हो । गतवर्ष २४ लाख रुपैयाामा बनेका प्याराफिट लागतअनुसारको नभएको भन्दै विरोध भएको छ । ३० लाख खर्च गरेर बनाइएको मानेभन्ज्याङ गाउापालिका ४ केत्तुकेको खेलमैदान पनि अलपत्र छ । यी केही उदाहरण मात्र हुन् । गएको पााच वर्षमा जिल्लाभित्र खेलमैदान निर्माणमा १० करोडभन्दा बढी रकम खर्च त भयो । तर स्तरिय खेल मैदान बनेन । निर्माण सम्पन्न नभएका र बन्दाबन्दै रोकिएका खेल मैदानले सरकारी रकमको चरम दुरुपयोगलाई छर्लङ्ग पारेको छ । 

राष्ट्रिय खेलकुद परिषदले पठाएको बजेट पहुाचकै आधारमा खेलमैदान निर्माणमा खर्च हुने गरेको छ । तर खर्च योजनावद्ध रुपमा नहुादा मैदान बन्न सकेको छैन । खेलमैदान निर्माणमा स्थानीय र प्रदेश सरकारको बजेट पनि पटक पटक खर्च भएको छ । जिल्लाको आवश्यकता हेरी पूर्वाधार निर्माण गरिनु पर्नेमा त्यस्तो भएको छैन । इन्डोर खेलका लागि ओखलढुंगामा अहिलेसम्म कुनै कभर्डहल निर्माण भएको छैन । प्रशिक्षण दिने र खेलाडी उत्पादन गर्ने गतिविधि ठप्प छ । 

भएकै खेलमैदानलाई आवश्यकताको आधारमा स्तरोन्नति नगर्ने हो भने  खेलमैदान बनाउने नाममा कमाउने धन्दा मात्रै हुने देखिन्छ 


Enter Kantipur TV HD
Advertisement