अमेरिकी अदालत बाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी अदालत बाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको न्युयोर्कस्थित अदालतमा हस मनीसम्बन्धी मुद्दाका लागि निणार्यक मण्डलीको चयन भइरहँदा एक व्यक्तिले आफूलाई आगो लगाउने प्रयास गरेका छन् । आत्मदाहको प्रयास गर्ने व्यक्ति ३७ वर्षीय म्याक्सवेल आजारेल्लो रहेको प्रहरीले जनाएका छन् ।

शुक्रबार ती व्यक्तिले म्यानहट्टन आपराधिक अदालत बाहिर आफूमाथि तरल पदार्थ छर्केर आगो लगाएर मिडियाको ध्यान आकर्षित गरेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनले किन आफैलाई आगो लगाए भन्ने खुल्न सकेको छैन । आपतकालीन अधिकारीहरूले घटनाका कारण अदालतको सुरक्षामा कुनै किसिमको समस्या नभएको दाबी गरेका छन् । पूर्व राष्ट्रपति ट्रम्पले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

के हो हस मनी ? 

कुनै पनि व्यक्तिलाई आफ्नो गोप्य जानकारी नगराउन दिइने रकमलाई हस मनी भनिन्छ । पोर्न स्टार स्टर्मी डेनियलले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पलाई हस मनीसम्बन्धी मुद्दा हालेकी हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement