नेपालका उल्लु संरक्षक राजु आचार्य बेलायतको ह्विटली अवार्डबाट सम्मनित

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालका उल्लु संरक्षक राजु आचार्य बेलायतको ह्विटली अवार्डबाट सम्मनित

काठमाडौं । नेपालका उल्लु संरक्षक राजु आचार्य सन् २०२४ ह्विटली अवार्डबाट सम्मनित हुनु भएको छ । बेलायतको च्यारिटी 'द ह्विटली फन्ड फर नेचर' (डब्लूएफएन)ले उल्लुको संरक्षणलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आचार्यलाई सम्मानित गरिएको हो ।

उल्लुको शिकार, त्यसको अवैध व्यापार र बासस्थानको क्षतिबाट उल्लुको खतरालाई सम्बोधन गर्ने 'उल्लु संरक्षण कार्ययोजना-२०२०' चलाउन महत्वपूर्ण भूमिका खेलेका कारण उहाँलाई सम्मानित गरिएको बताइएको छ । ह्विटली अवार्डले उल्लुको संरक्षण गर्ने पहलकदमीलाई बढावा दिन मद्दत पुग्ने बताइएको छ ।

राजुले जंगली उल्लु, रक-चिल उल्लु र युरेसियन चिल उल्लु लगायतका उल्लुहरूका लागि सहयोग जुटाउन दशकौं बिताउनुभएको छ । नेपालमा चराहरूको सबैभन्दा ठूलो घनत्व रहेको क्षेत्र हो । १९ देशमा रहेको उल्लुका प्रजातिहरूमध्ये नेपालमा २३ प्रजातिका उल्लु पाइन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.