रुसी रणनीतिक बमवर्षक विमान खसालेको युक्रेनको दाबी

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुसी रणनीतिक बमवर्षक विमान खसालेको युक्रेनको दाबी

काठमाडौं । युक्रेनले पहिलो पटक शुक्रबार रुसी रणनीतिक बमवर्षक विमान खसालेको दाबी गरेको छ । यद्यपि, मस्कोका अधिकारीहरूले टियू २२ एम ३ बमवर्षक मिसनपछि रुसको दक्षिणी स्ट्भरोपोल क्षेत्रमा खराबीका कारण दुर्घटनाग्रस्त भएको बताएको छ ।

युक्रेनी वायुसेना र सैन्य गुप्तचरहरूले टियू २२ एम ३ बमवर्षकलाई एन्टी-एयरक्राफ्ट मिसाइलहरूद्वारा खसालेको बताएका छन् । रुसी रक्षा मन्त्रालयकाअनुसार चालक दलका तीन सदस्यको उद्धार गरिएको छ भने चौथोको खोजी कार्य जारी रहेको स्टाभ्रोपोलका गभर्नर भ्लादिमिर भ्लादिमिरोभले बताएका छन् । उद्धार गरिएका पाइलटमध्ये एकको मृत्यु भएको बताइएको छ ।

यसैबीच रुसी मिसाइलहरूले युक्रेनको मध्य डिनिप्रो क्षेत्रका सहरहरूमा आक्रमण गरेका छन् । स्थानीय अधिकारीकाअनुसार आक्रमणमा ८ वर्षीया बालिकासहित ८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । रुसको वायुसेना युक्रेनभन्दा बढी शक्तिशाली छ, तर युक्रेनले पश्चिमी देशहरूको सहयोगका कारण कडा चुनौती दिइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement