दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ भने एक जना ८ वर्षीय बालिका मात्रै बाँच्न सफल भएकी छिन् । उनी गम्भीर घाइते रहेको जनाइएको छ ।

दुर्घटना भएको सो यात्रुवाहक बस बोत्स्वानाबाट लिम्पोपोको मोरिआ सहरतर्फ लागेको थियो । दक्षिणपूर्व लिम्पोपो प्रान्तकाअनुसार बस अनियन्त्रित भएपछि पुलबाट झन्डै ५० मीटर तल खसेर आगो लागेको थियो। बसमा सवार यात्रुहरू बोत्स्वानाको राजधानी गाबोरोनबाट इस्टर सर्भिसका लागि मोरिआतर्फ लागेका तीर्थयात्री रहेको जनाइएको छ। घटनास्थल दक्षिण अफ्रिकी सहर जोहानेसबर्गबाट करिब ३ सय किलोमिटरको दुरीमा पर्छ।

दुर्घटनास्थल पुगेका यातायात मन्त्रीले घटनाको गम्भीर छानबिन गर्ने जनाएकी छिन्। सडक सुरक्षा न्यून रहेको दक्षिण अफ्रिकामा धेरै सडक दुर्घटना हुने गरेका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement