होली खेलेपछि कसरी गर्ने अनुहारको स्याहार ?

चैत्र ११, २०८० |कृपाल गौतम
होली खेलेपछि कसरी गर्ने अनुहारको स्याहार ?

काठमाडौं । रङ्गहरूको पर्व होली नेपालमा आज र भोलि उल्लासपूर्ण रूपमा मनाइँदै छ । थरी-थरिका रङ्ग आपसमा दलेर होली मनाइन्छ । तर, यस्ता रङ्ग र होलीका बेला गरिने खानपिनका कारण स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ भनेर चाहिँ कमैले मात्र ख्याल गर्छन् । आज हामी रंगले पार्ने असर, होली खेलेपछि गर्नुपर्ने अनुहारको स्याहार र पूर्वसावधानीका उपायबारे जानकारी दिदैछौँ ।

होलीमा रङ्ग दल्नुअघि छाला तथा आँखाको सुरक्षामा ध्यान नदिने हो भने विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छन् । चिकित्सकका अनुसार रङ्गहरूमा हुने विभिन्न रसायनका कारण छाला चिलाउने, पोल्ने र एलर्जी हुनेदेखि कपालबाट रसायन शरीरमा छिरेर थप असरसम्म गर्न सक्ने भएकाले विशेष सावधानी अपनाउनु पर्छ । 

यसैगरी होलीका बेला खानपानमा समेत सावधानी अपनाएको पाइँदैन । बढी चिल्लोयुक्त खाना तथा मदिरा, भाङ, धतुरोको प्रयोगले ग्यास्ट्रिक हुने, छाती तथा मुटु पोल्नेदेखि हृदयाघात, मस्तिष्कघात सम्मको जोखिमहुने चिकित्सकको भनाइ छ । अझ दीर्घरोगीलाई यसको बढी जोखिम हुन्छ । 

रमाइलो गर्ने नाममा स्वास्थ्यको खाल नगर्दा त्यसले दीर्घकालीन समस्या निम्त्याउन सक्छ । त्यसले यसका लागि पहिले नै सचेत रहनु जरुरी छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement