चलचित्र 'बोक्सीको घर' मा हिंसाको कथा

भोलिबाट देशभर प्रदर्शन
वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
चलचित्र 'बोक्सीको घर' मा हिंसाको कथा

काठमाडौं । नेपाली कथानक चलचित्र 'बोक्सीको घर' शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । बुधबार फिल्मको प्रिमियर सो देखाइएको छ । भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा फिल्ममा देखाइएको छ ।

समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई फिल्ममा मुख्य कथा बस्तु बनाइएको छ ।अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्न सक्छ भन्ने तथ्यलाई समेत कलात्क ढंगले फिल्ममा देखाइएको छ । चलचित्रमा केकी अधिकारलगायत कलाकारलाई देख्न सकिन्छ। केकीको होम प्रोडक्सनमा निर्माण भएको यो चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक 'बोक्सीको घर’ मा आधारित छ ।

सोही नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई निर्देशन गर्नुभएको हो । प्रिमियर सोमा पुगेका चलचित्रकर्मी, सञ्चारकर्मी तथा दर्शकहरुले नेपाली पनको कथा प्रस्तुत गरेको र फिल्मले सबैको मन जित्ने भन्दै प्रशंसा गरेका थिए । त्यस्तै चलचित्रका मुख्य कलाकार तथा निर्माता केकी अधिकारीले साधारण जिवनको असाधारण कथा प्रस्तुत गरेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement