‘बोक्सीको घर’ तर्साउने फिल्म होइन, समाजभित्रकै कथा हो : निर्देशक भारती

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘बोक्सीको घर’ तर्साउने फिल्म होइन, समाजभित्रकै कथा हो : निर्देशक भारती

नेपाली चलचित्र क्षेत्रमा अहिले चर्चा बटुलिरहेको फिल्म हो ‘बोक्सीको घर’ । केकी अधिकारीको दमदार अभिनय र सामाजिक घटनामा आधारित रहेको यो चलचित्र दर्शकहरुले मन पराइरहेका छन् ।

त्यति मात्र होइन, नेपाली बक्स अफिसमा पनि राम्रो कारोबार गर्ने फिल्म बन्न सफल भएको छ । सँगै यस फिल्मका पात्रहरुको भूमिका पनि बलियो रहेको चलचित्रका जानकारहरु बताउँछन् ।

बोक्सीको घर भन्ने नाटकलाई फिल्म बनाउनु पछाडिको संघर्ष र यो कथा बुन्न के के कुराले प्रेरित गर्‍यो ? यसका साथै नेपाली चलचित्रलाई माथि उकास्न के गर्नुपर्ला ? चलचित्र क्षेत्रमा धेरै आशा र सम्भावनाहरु भए पनि किन फड्को मार्न सकिएको छैन ? प्रस्तुत छ- यिनै विषयमा कान्तिपुर टेलिभिजनले बोक्सीको घरका निर्देशक सुलक्षण भारतीसँग गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.