केपी बालाई मनपर्‍यो- 'गोरखा वारियर', अन्य भाषामा अनुवाद गर्न सुझाव

फाल्गुन १०, २०८० |कान्तिपुर टीभी संवाददाता
केपी बालाई मनपर्‍यो- 'गोरखा वारियर', अन्य भाषामा अनुवाद गर्न सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र 'गोरखा वारियर'को मुग्ध कण्ठले प्रसंसा गरेका छन् । काठमाडौंमा चलचित्रको प्रिमियर सोपछि ओलीले यो चलचित्रलाई फरक-फरक भाषामा अनुवाद गरी विस्तार गर्नुपर्नेमा जोड दिए । 

ओलीले गोरखा वारियरमा नेपालीहरुको इतिहासको एउटा कालखण्डलाई प्रभावकारी ढंगले देखाइएको बताए । उनले नेपालीको बहादुरी गाथालाई चलचित्रमा प्रस्तुत गरिएको जनाउँदै विश्व बजारमा अन्य भाषामा पनि अनुवाद गरेर यो चलचित्रलाई विस्तार गरिनुपर्ने जनाए । 

'कथा सुन्दर छ । कलाकारहरुको अभिनय जीवन्त छ । यसलाई अभिनय भन्न मिल्दैन । नेपाली फिल्महरुमा अभिनयलाई यति सजीव बनाइएको कमै छ ' उनले प्रमियर सोपछि पत्रकारसँग भने, 'यो सिनेमालाई अरु भाषामा पनि नवीकरण गरेर लैजाँदा विश्वव्यापी रुपमा आफ्नो बजार बिस्तार आफैँ गर्दछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement