काठमाडौंको गोपी-कृष्ण सिनेमा हल फागुनदेखि बन्द

माघ २७, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौंको गोपी-कृष्ण सिनेमा हल फागुनदेखि बन्द

काठमाडौं । कुनै समय फिल्म पारखीहरुका लागि आकर्षक गन्तव्य हुने गरेको काठमाडौं चाबहिलको गोपीकृष्ण सिनेमा घर बन्द हुने भएको छ । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज प्रालि २०८० साल फागुन १ गतेदेखि बन्द गर्ने गोपीकृष्णका प्रबन्ध निर्देशक निरक पौडेलले जनाएका छन् ।

एक विज्ञप्ति जारी गर्दै पौडेलले कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण ठूलो आर्थिक घाटा व्यहोरेको र राज्यको विद्यमान कर प्रणलीले हल सञ्चालन गर्नै नसक्ने अवस्था आएको उल्लेख गरेका छन् ।

उनले आजसम्म सबैबाट प्राप्त सहयोग, सद्‍भाव तथा आत्मियताका लागि दर्शक, चलचित्र निर्माता, वितरक, प्रदर्शक तथा चलचित्र क्षेत्रका सबै संघ-संस्था, सरकारी निकायप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement