टेलर स्विफ्ट बनिन् ग्रामी अवार्ड्समा चारपटक ‘एल्बम अफ दी इयर’ जित्ने पहिलो गायिका

माघ २२, २०८० |कान्तिपुर टीभी संवाददाता
टेलर स्विफ्ट बनिन् ग्रामी अवार्ड्समा चारपटक ‘एल्बम अफ दी इयर’ जित्ने पहिलो गायिका

काठमाडौं । टेलर स्विफ्ट संगीत क्षेत्रमा अमेरिकाले दिने विश्वप्रसिद्ध पुरस्कार ग्रामी अवार्ड्समा चारपटक ‘एल्बम अफ दी इयर’ जित्ने पहिलो गायिका बनेकी छिन् ।

संगीत क्षेत्रकी सुपरस्टार स्विफ्टले यसअघि स्टिभ वन्डर, पल सिमन र फ्र्यांक सिनात्रासँगको साझेदारीमा तीनपटक एल्बम अफ दी इयर पुरस्कार जितिसकेकी छिन् । यसपटक उनले आफ्नो ‘मिडनाइट्स’ एल्बमका लागि उक्त पुरस्कार जितेकी हुन् ।

अमेरिकाको लस एन्जलसमा आइतबार राति भएको यसपटको ग्रामी अवार्ड्स शोमा महिलाको दबदबा देखिएको छ । समारोहमा मिलि साइरस र बिली एलिसले क्रमश: ‘फ्लावर्स’ र ‘ह्वाट वाज आइ मेड फर’ गीतका लागि रेकर्ड अफ दी इयर र सङ अफ दी इयर विधामा ग्रामी अवार्ड्स जितेका छन् ।

यस्तै भिक्टोरिया मोनेटले बेस्ट न्यु आर्टिस्ट विधामा ग्रामी जितेकी छिन् ।

र्यापर किलर माइक र्याप विधामा तीन पुरस्कार जित्दै पुरुषतर्फ सबैभन्दा बढी पुरस्कार जित्ने व्यक्ति बन्न पुगे । तर स्टेजपछाडि कसैसँग झगडा गरेको विषयलाई लिएर प्रहरीले उनलाइ समारोह स्थलबाटै हतकडी लगाएपछि उनको सफलता छायामा परेको अन्तर्राष्ट्रिय समाचारमाध्यमले टिप्पणी गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement