चलचित्र 'माइतीघर'का अभिनेता सीपी लोहनीको निधन

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
चलचित्र 'माइतीघर'का अभिनेता सीपी लोहनीको निधन

काठमाडौं । चलचित्र 'माइतिघर'का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा आज दिउँसो निधन भएको छ । लामो समयदेखि अलजाइमरको समस्याले ग्रसित लोहनीको माइतीघरस्थित न्युरो अस्पतालमा निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनु भएको छ ।

निरौलाका अनुसार लोहनीको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । भारतीय अभिनेत्री माला सिन्हाका पतिसमेत रहेका लोहनीको गायनमा समेत राम्रो प्रतिभा थियो । उहाँले माइतीघरपछि चलचित्रमा खासै अभिनय भने गर्नु भएन । लोहनीको सन्तानमा एक छोरी हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.