कर खारेजीको माग गर्दै देशभरका सिनेमाघर बन्द

माघ २२, २०८० |कान्तिपुर टीभी संवाददाता
कर खारेजीको माग गर्दै देशभरका सिनेमाघर बन्द

काठमाडौं । देशभरका सिनेमाघर सोमबार बन्द भएका छन् ।

नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै सांकेतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गरिएका हुन् ।

संघले चलचित्र क्षेत्रलाई विभिन्न करका नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको भन्दै मूल्यअभिवृद्धि कर तथा कर्पोरेट कर लागु भएपछि अन्य कर नलगाउने संहितविपरीत थप कर लगाइएको आरोप लगाएको छ ।

सिनेमा हलहरुमा सरकारको अव्यवहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क) को कारण चलचित्र व्यवसायी धरासायी हुने अवस्थामा पुगेको हुँदा अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा विरोध स्वरुप २०८० माघ २२ गते एकदिन देशभरका सम्पूर्ण चलचित्र घरहरु बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय भएको कुरा उल्लेख गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement