सुप्रिम मल्ललाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

माघ १४, २०८० |कान्तिपुर टीभी संवाददाता
सुप्रिम मल्ललाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

काठमाडौं । बालकलाकार सुप्रिम मल्ल सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार-२०८० बाट सम्मानित हुने भएका छन् । उनलाई सरुभक्त केन्द्रले ५० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने भएको छ ।

बाजुराको हिमाली गाउँपालिकास्थित धिम गाउँमा जन्मिएका सुप्रिम अहिले आमबुवासँगै काठमाडौंमा बस्छन् । ११ वर्षका मल्ल हाल ६ कक्षामा अध्ययन गरिरहेका छन् । 

खास गरी सानै उमेरमा देखिएको संगीतप्रतिको सुप्रिमको रुचि र परिवारको बलियो साथका कारण सुप्रिम यतिबेला गीतसंगीतका क्षेत्रमा स्थापित भएका छन् । उनका रेकर्ड गरिएका गीत, स्टेज प्रस्तुति र लाइभ दोहोरी चर्चामा आइरहन्छन् । मल्ल युट्युबमा पनि उत्तिकै चर्चित र रुचाइएका बालकलाकार हुन् । 

रियालिटी टीभी सो भ्वाइस अफ किड्सको पहिलो सिजनमा पहिलो रनर अप भएदेखि नै सुप्रिम लोकप्रिय बन्दै आएका छन् ।

सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठका अनुसार सुप्रिमलाई माघ २७ मा सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार अर्पण गरिने छ ।

यो पनि पढ्नुहोस्...

खौँ पर्व : बाजुरा धिम गाउँको मौलिक पहिचान


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement