इलाम-२ उपनिर्वाचनको अन्तिम प्रचारमा ब्यस्त नेताहरु

वैशाख १२, २०८१ |लक्ष्मी गौतम
इलाम-२ उपनिर्वाचनको अन्तिम प्रचारमा ब्यस्त नेताहरु

इलाम । इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रतिस्पर्धामा जुटेका दल र स्वतन्त्र उम्मेद्‍वारहरु अन्तिम प्रचार-प्रसारमा व्यस्त छन् । उम्मेद्‍वारले खुल्ला रुपमा गरिने आमसभा, कोणसभा र घरदैलो कार्यक्रमको आज मैजारो गर्दैछन् ।

आजै मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले दलहरुले भोलिदेखि प्रसारप्रसारका कार्यक्रम गर्न पाउने छैनन् ।

उम्मेद्‍वारी दर्ता गराएर प्रचारप्रसारमा जुटेका दल र स्वतन्त्र गरी १९ जना उम्मेद्‍वारको उपस्थितिमा आज ठाँउ-ठाँउमा आमसभा हुँदैछन् ।

औपचारिक कार्यक्रमलाई हिजो नै समाप्त गरेको नेपाली कांग्रेसले आज माङसेवुङ र देउमाईसहित निर्वाचन हुने ६ स्थानीय तहका ४२ वटै वडामा घरदैलो र मतदाता भेटघाट गर्दैछ ।

यस्तै, नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा चुलाचुलीमा आज बृहत चुनावीसभा गर्दैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले देउमाई नगरपालिका केन्द्र मङगलबारे र इलाम गरी २ ठाँउमा आमसभा गर्दैछ । सभालाई उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछाने सहितका नेताले सम्बोधन गर्दैछन् । 

यस्त, इलामको चुलाचुलीमै पहिचान पक्षधर उम्मेद्‍वार डकेन्द्रसिंह थेगिमको आमसभा छ ।

यसैगरी, राप्रपा, जनमुक्ति, मंगोल नेसनल अर्गनाइजेसन, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारले पनि मतदाता भेटघाट र कोणसभा आयोजना गर्दैछन् ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement