इलाम क्षेत्र नम्बर २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

चैत्र २२, २०८० |कान्तिपुर टीभी संवाददाता
इलाम क्षेत्र नम्बर २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

इलाम । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नं. २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

इलाम सदरमुकामस्थित बार एसोसिएसनको भवनमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयको निर्वाचन आयोगका आयुक्त जानकीकुमारी तुलाधरले कार्यालय उद्घाटन गरिन् । उपनिर्वाचनका लागि जिल्ला अदालत इलामका मुख्य न्यायाधीश केशवकुमार घिमिरेलाई मुख्य निर्वाचन अधिकृत चयन गरिएको छ । 

२०७९ को निर्वाचनमा प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । 

त्यस क्रममा चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement