‘पिकनिक स्पट’ बन्यो कावासोतीमा रहेको पोखरी ताल

वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘पिकनिक स्पट’ बन्यो कावासोतीमा रहेको पोखरी ताल

नवलपरासी । केही वर्ष अघिसम्म उजाड देखिने पूर्वी नवलपरासीको कावासोती १, हात्तीखोरको पोखरी ताल अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास भएको छ ।

महाराजा धार्मिक वन तथा पोखरी ताल जलाशय निर्माण संरक्षण तथा उपभोक्ता समिति गठन गरेर अहिले पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गरेपछि नांगो डाँडा हरियाली मात्र होइन समितिको आयआर्जनको माध्यमसमेत बनेको छ ।

नवलपुर क्षेत्रमा सार्वजनिकस्थल र शान्त वातावरणको अभाव भएकाले पनि अहिले यहाँ आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ ।

ताल निर्माण, बाल उद्यान, मन्दिर तथा वनभोजस्थल, शान्त वातावरण भएकाले पर्यटकलाई आकर्षित गरेको समिति अध्यक्ष दर्शन भट्टराईले जनाए । १० बिघामा फैलिएको स्थानमा बगैंचा निर्माण र वनभोजस्थल बनेपछि आन्तरिक पर्यटकको रोजाइ बनेको हो ।

पूर्व-पश्चिम राजमार्गको कावासोती फलफूल चोकबाट करिब ६ किलोमिटर उत्तरतर्फ महाभारत पर्वत शृंखलाको काखमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement