ईपीएलमा लिभरपुलद्वारा फुलहम पराजित

वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
ईपीएलमा लिभरपुलद्वारा फुलहम पराजित

काठमाडौं । इंग्लिस प्रमियर लिगमा लिभरपुलले फुलहमलाई पराजित गरेको छ ।

क्यार्भन कटेजमा लिभरपुलले फुलहमविरुद्ध ३-१ को जित दर्ता गरेको हो । यस जितले लिभरपुलाई लिगको उपाधि दौडमा कायमै राखेको छ । ३२ मिनेटमा ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्डको फ्रिकिक गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा फुलहमका राइट-ब्याक टिमोथी कास्टग्नेले गोल गर्दै खेल बराबरीमा फर्काए । 

रायन ग्रेभेनबर्चले ५३ औं मिनेटमा गोल गरेपछि लिभरपुलले खेलमा पुनः अग्रता बनायो । डियोगो जोटाले ७२ औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए । यस जितले योर्गेन क्लोपको टोलीले उपाधि दौडमा आफ्नो दाबेदारी मजबुत बनाएको छ । फुलहम ३४ खेलमा ४२ अंकसहित १२ औं स्थानमा छ । 

प्रिमियर लिगमै गए राति सम्पन्न अन्य खेलमा एभर्टनले नटिङघम फरेस्टलाई २-० ले पराजित गर्दा एस्टन भिल्लाले बर्नमथलाई ३-१ र क्रिस्टल प्यालेसले वेस्टहमलाई ५-२ गोल अन्तरले पराजित गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement