आईपीएल : रोयल च्यालेन्जर्स बैंगलुरु १ रनले पराजित

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएल : रोयल च्यालेन्जर्स बैंगलुरु १ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज सम्पन्न पहिलो खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १ रनले हराएको छ । कोलकाताको इडेन गार्डेन रंगशालामा २२३ रनको लक्ष्य पछ्याएको बैंगलुरुले २२१ रन बनाएको थियो ।

बैंगलुरुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको कोलकाताले ६ विकेट गुमाएर २२२ रन बनायो । ओपनर फिल सल्ट अर्धशतक बनाउनबाट दुई रनले मात्र चुके । कप्तान श्रेयश अय्यर ठीक ५० रनमा आउट भए ।

अलराउन्डर आन्द्रे रसेलले २७ रनको योगदान गरे । बैंगलुरुका यस दयाद र क्यामरुन ग्रिनले दुई/दुई विकेट लिए पनि कोलकातालाई सस्तैमा रोक्न सकेनन् । जवाफमा विराट कोहली १८ रनमा आउट भए ।

विल ज्याक्सले ५५ र राजत पतिदरले ५२ रनको विस्फोटक पारी खेले । अन्तिममा दिनेश कार्तिकले २५ र कर्ण शर्माले २० रन बनाए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । कोलकाताका रसेलले तीन विकेट लिए भने हर्षित राना र सुनील नायरले दुई/दुई विकेट लिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement