आईपीएल : पञ्जाबमाथि मुम्बईको ९ रनको जित

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएल : पञ्जाबमाथि मुम्बईको ९ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति भएको खेलामा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सविरुद्ध ९ रनको जित निकालेको छ । मुम्बईले दिएको १९३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन मात्रै बनायो ।

पञ्जाबका लागि आशुतोष शर्माले सर्वाधिक ६१ रन बनाए । यस्तै शशांक सिंहले ४१, हरप्रित बरारले २१ र हरप्रित सिंहले १३ रन बनाए । मुम्बईका जेराल्ड कोएत्जी र जसप्रित बुमराहले समान ३-३ विकेट लिए । आकाश माधवाल, हार्दिक पाण्ड्या र श्रेयस गोपालले समान १-१ विकेट लिए ।

पहिलो इनिङमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । मुम्बईका सूर्यकुमारले सर्वाधिक ७८ रन बनाए । रोहित शर्माले ३६, तिलक बर्माले ३४, टिम डेभिडले १४ र कप्तान हार्दिक पाण्ड्याले १० रन बनाए ।

पञ्जाबका हर्षल पटेलले ३, सैम करनले २ र कागिसो रबाडाले १ विकेट लिए । आज राति लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement