सुदूरपश्चिम सरकार विस्तारमा कुरा नमिलेपछि शीर्ष नेतृत्वबाटै सहमति गर्ने प्रयास

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम सरकार विस्तारमा कुरा नमिलेपछि शीर्ष नेतृत्वबाटै सहमति गर्ने प्रयास

धनगढी । मन्त्रालय भागबन्डामा कुरा नमिल्दा सुदुरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई  सरकार विस्तारमा सकस भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बन्नु भएका समाजवादी संसदीय दलका नेता सोडारीलाई अन्य दलका प्रदेश सदस्यले महत्वपूर्ण मन्त्रालय माग गरेपछि सरकार विस्तारमा सकस भएको हो ।

प्रदेश स्तरमा कुरा नमिलेपछि शीर्ष नेतृत्व तहबाटै मन्त्रालय भागबन्डा मिलाउने तयारीमा दलहरु छन् । मुख्यमन्त्री सोडारीले भने मन्त्रालय टुक्रयायर भएपनि सबैलाइ भाग पुर्‍यायर विश्वासको मत लिने तयारी गर्नुभएको छ । दलहरुबीच भागवण्डाका विषयमा छलफल भइरहेकाले छिट्टै विवाद समाधान हुने उहाँले बताउनुभएको छ ।

नेकपा एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका २, एकीकृत समाजवादी का ४ र १ स्वतन्त्र सांसद समेत गरी २७ प्रदेश को समर्थन जुटाएर संविधानको धारा १६८ -२ अनुसार सोडारी मुख्यमन्त्री नियुक्त हुनुभएको हो । नागरीक उन्मुक्ति संसदीय दलका नेता सहित ५ जना सांसद र कांग्रेसले भने गैर संवैधानीक तरीकाले मुख्यमन्त्री नियुक्त गरीएको भन्दै निर्णय सच्याउन प्रदेश प्रमुखलाई लिखित पत्र पेस गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement